धादिङबेसी, ३० पुस । भूमि सम्बन्धी समस्या समाधान आयोग धादिङमा सिद्धलेकका कृष्णप्रसाद अर्याल नियुक्त भएका छन् । गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय लिएको थियो ।
अर्याल धादिङका पुराना कम्युनिष्ट नेता हुन् । पछिल्लो समय उनी नेकपा एकीकृत समाजवादीमा क्रियाशील छन् ।