बैशाख ५ गते, २०८२ - २३ः२०
Follow us:

सत्यवतीको ४६औं वार्षिकोत्सवमा अक्षयकोष स्थापना

आदमघाट, ३० पुस । सत्यवती उच्च माध्यमिक विद्यालयको ४६औं वार्षिकोत्सवको उपलक्ष्यमा अक्षयकोषको स्थापना गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा मंगलबार सिद्धलेक–७, आदमटारस्थित विद्यालयमा आयोजित कार्यक्रममा मिरा तिमल्सिना खतिवडाले एक लाख एह हजार एक सय एघार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण शर्माले जानकारी दिए ।

उक्त अक्षयकोष रकमबाट विद्यालयमा अध्ययन गरिरहेका एक महिलाद्वारा पालितपोषित रहेका बालबालिकामध्येलाई शैक्षिक सहयोग उपलब्ध गराइने प्रअ शर्माले जानकारी दिए । अक्षयकोष स्थापना गर्ने खतिवडा बालविधवा हुन् ।
औपचारिक शिक्षा हासिल नगरेकी उनी लामो समयदेखि काठमाडौंको एक निजी विद्यालयमा कर्मचारीको रुपमा कार्यरत छिन् ।

‘उहाँले संरक्षणमा गाह्रो साँघुरो भएका बालबालिकाको लागि आफ्नो कमाईको एउटा हिस्सा दान गर्नुभयो,’ प्रअ शर्माले भने, ‘हामी यसको पूर्ण सदुपयोग गर्नेछौं ।’

प्रतिकृया लेख्नुहोस्: