पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने मन्त्रालयको निर्णय (सूचनासहित)
पौष २६ गते, २०७८ - २१ः५२ मा प्रकाशित
काठमाडाैं, २६ पुस । सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयमा बसेको बैठकले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण ह्वात्तै बढेपछिआइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिश गरेको थियो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाएका छन् ।
मन्त्रालयले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा वार्षिक विदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ गतेसम्म विदा दिने निर्णय गरिएको जनाएको छ ।