काठमाडौं, २६ पुस । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस कार्यान्वयन हुने भएको छ ।
कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई आइतबारमात्रै सिफारिस गरेको थियो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार बसेको बैठकले सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हाे ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार मन्त्रालयले सीसीएमसीको सिफारिस अनुसार विद्यालय बन्दको सूचना निकाल्ने भएको छ ।