बैशाख १ गते, २०८३ - १४ः२१
Follow us:

मोटरसाइकल दुर्घटना : धादिङकी युवतीको मृत्यु

काठमाडौं, २२ पुस । मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार धादिङकी युवतीको मृत्यु भएको छ ।

सो दुर्घटनामा धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको मृत्यु भएको हो ।

स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल बिहिबार बिहान दुर्घटनामा परेको थियो ।

श्रेष्ठको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकाल  भने सोही अस्पतालमा उपचाररत छन् ।

प्रतिकृया लेख्नुहोस्: