बैशाख १७ गते, २०८३ - २१ः२८
Follow us:

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडाैं, २१ पुस ।  प्रतिनिधिसभाको बिहिबार पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले बुधबार जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्: