बैशाख २८ गते, २०८३ - २०ः४३
Follow us:

घट्यो सुनको मूल्य

काठमाडाैं, १९ पुस ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ३०० ले घटेर   ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन आइतबार प्रतितोला  ९३ हजार ४००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको सोमबारको मूल्य प्रतितोला   ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला  ९२ हजार ९०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला   पाँचले घटेर   एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: