मंसिर १ गते, २०८२ - ०२ः२१
Follow us:

एमाले धादिङको आठौं अधिवेशन २३ पुसमा

धादिङ, १९ पुस । नेकपा एमाले धादिङले पुस २३ गते  आठौं जिल्ला अधिवेशन गर्ने भएको छ । एमालेले  जिल्ला कमिटि धादिङको  १२ औं वैठकबाट यहि पुस २३ गते आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो  ।

एमालेले खुल्ला प्रतिनिधिका लागि २५ जना बराबर १ जना, दलित प्रतिनिधिका लागि २० जना बराबर १ जना र महिलामा सम्पूर्ण प्रतिनिधिबाट ३३ प्रतिशत हुने गरी सिट छुट्टाएको छ ।

धादिङका १३ वटा पालिका कमिटीबाट खुल्ला, दलित र महिला गरी ५४५ जना, आयोजकबाट ५० जना,सल्लाहकारबाट १५ जना र जनवर्गिय संगठनहरुबाट ३६ जना  गरी कुल ६४६ जना अधिवेशन  प्रतिनिधी रहने एक जिल्ला नेताले जानकारी दिए ।

अधिवेशनका लागि  १३ वटै पालिका कमिटी र जनवर्गिय संगठनबाट प्रतिनिधि चयन गर्ने कार्य सम्पन्न भईसकेको एमाले धादिङले जनाएको छ ।

धुनीबेसी गाउँपालिकाबाट २६, थाक्रे ६७,गल्छी ३८,गजुरी ५०,बेनीघाट रोराङ ३५,सिद्धलेक ५७,त्रिपुरासुन्दरी ३८,गंगाजमुना ७२, खनियाबास ११ , नेत्रावती डवजोङ १४ , रुबीभ्याली ३, ज्वालामुखी ८३ र नीलकण्ठ बाट ५१ जना प्रतिनीधि चयन भएका छन् ।

अधिवेशन मदन आश्रित स्मृति भवन धादिङबेसीमा हुने बताइएको छ । उक्त  अधिवेशनबाट एमालेले  १०५ सदस्यिय जिल्ला  समिति  चयन गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्: