माघ २६ गते, २०८१ - १८ः३०
Follow us:

बाक्लो हिमपातका कारण रुविभ्यालीका विद्यालय बन्द

धादिङ, १४ पुस । बाक्लो हिमपातका कारण रुविभ्याली गाउँपालिकाभित्रका विद्यालय बन्द भएका छन् ।

हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बुधबार बिहानदेखि परेको वर्षा र बाक्लो हिमपातका कारण विद्यालय बन्द भएको हो ।

प्रतिकुल मौसमका कारण गाउँपालिकाका विद्यालय बन्द गरिएको रुविभ्याली गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाले शिक्षा शाखाको समन्वयमा अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय  बन्द गरिएको जनाएको छ ।

धादिङको उत्तरी क्षेत्रका  तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङका माथिल्लो भेगमा  हिमपात परेको स्थानियवासी संजिव शेर्पाले जानकारी दिए ।

 

प्रतिकृया लेख्नुहोस्: