काठमाडाैं, १४ पुस । सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होसारमा सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा बुधबार जारी विज्ञप्तीमा देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायर विदेशस्थित कुटनैतिक नियोगहरुमा समेत सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।