कार्तिक २७ गते, २०८३ - ००ः४९
Follow us:

वाग्मती प्रदेशको नीति आयोगको उपाध्यक्षमा पन्त

 

मकवानपुर,  १४ पुस ।    वाग्मती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा कृष्णराज पन्त नियुक्त भएका छन् । वाग्मती प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले  पन्तलाई उपाध्यक्षमा नियुक्त गरेका हो ।

मन्त्रिपरिषद्को बैठकले मकवानपुरका प्रह्लाद लामिछाने र भक्तपुरका राजु नेपाललाई सदस्यमा नियुक्त गरेको हो । उनीहरुको बुधबार नै पद तथा गोपनियताको सपथ ग्रहण समेत भएको छ । आयोगका अध्यक्ष एवम् मुख्यमन्त्री राजेन्द्र पाण्डेले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

हाल नियुक्त भएका तीन जनामध्ये उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)का हुन् । लामिछाने माओवादी र नेपाल कांग्रेस निकट रहेको एक मन्त्रीले जानकारी दिए ।

लामिछाने पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मकवानपुर क्षेत्र नम्बर ३ मा माओवादीबाट निर्वाचित भएका थिए ।

बागमतीमा नेकपा (एकीकृत समाजवादी)काे नेतृत्वमा गठबन्धन सरकार छ । मुख्यमन्त्री पाण्डेले  सरकार गठन भएकाे ५७ औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

 

 

प्रतिकृया लेख्नुहोस्: