बैशाख ६ गते, २०८१ - १२ः४१
Follow us:

धुनिबेसी नगरपालिकाले २०७८ मा जन्मेका सबै बालबालिकाको खाता खोलिदिने


काठमाडाैं, १७ मंसिर । धुनिबेसी नगरपालिकाले बालबालिकासँग मेयर कार्यक्रम अन्तर्गत २०७८ मा जन्मेका सबै बालबालिकाको खाता खोलिदिने भएको छ ।

यसरी खीलिएको सबैको खातामा नगरपालिकाले एक हजार रुपैयाँ नगद समेत जम्मा गरिदिने नगरप्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

नगरपालिकामा रहेका सबै बालबालिकालाई पहिलो एक वर्ष १० हजार बराबरको बिमा समेत गरिदिने कार्यक्रम रहेको नगरप्रमुख आचार्यले जनाए ।

यस्तै नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सबै सुत्केरी महिलाहरुलाई कुपोषणबाट बचाउन सुत्केरी मसला लिएर घरघरमा उपमेयर समेत भेट्न जाने कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: