आश्विन १४ गते, २०७९ - १९ः१८
Follow us:

त्रिपुरासुन्दरी माईको न्वागी मेलामा गाउँपालिकाभर सार्वजनिक बिदा

धादिङ, १७ मंसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाभर सोमबार सार्वजनिक बिदा हुने भएको छ ।

गाउँपालिका कार्यालयको १७ गते बसेको बैठकले मंसिर २० गते लाग्ने त्रिपुरासुन्दरी माईको न्वागी मेलामा गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिडाका अनुसार मंसिर २० गते सोमबार गाउँपालिकाभित्रका सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्थाहरु बन्द रहनेछ ।

प्रतिकृया लेख्नुहोस्: