चैत्र १३ गते, २०८२ - २०ः०५
Follow us:

काँग्रेसको नीलकण्ठ नगर सभापतिमा ठकुरी विजयी

धादिङ, १८ असोज

नेपाली कांग्रेस नीलकण्ठ नगरपालिकाको सभापतिमा शम्भुराज सिंह ठकुरी निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा ठकुरीले २५४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

ठकुरीले प्रतिष्पर्धी ध्रुवप्रसाद रिजाललाई ३४ मतान्तरले हराए । रिजालले २२० मत पाएका थिए । नगरपालिकामा १ सय ७८ जना महिला र ३ सय १० जना पुरुष गरी ४ सय ८८ जना प्रतिनिधि रहेकोमा निर्वाचनमा ४ सय ८६ मत खसेको थियो ।

यस्तै उपसभापतिमा ठकुरी प्यानलकै चित्रकुमारी भण्डारी र शम्भु मल्ल ठकुरी विजयी भएका छन् । सचिवमा रिजाल प्यानलबाट इश्वर अर्याल र राम आले मगर विजयी भएका छन् । सहसचिवमा ठकुरी प्यानलका तुलसी तिमल्सिना र देवकी आचार्य विजयी भएका छन् ।

प्रतिकृया लेख्नुहोस्: