आश्विन १४ गते, २०७९ - १९ः३५
Follow us:

हैदराबादलाई हराएको कोलकाताको प्लेअफ आशा जीवितै

धादिङ, १८ असोज

युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटअन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले जीत हासिल गरेको छ । दुबईमा भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।

हैदराबादले दिएको ११६ रनको लक्ष्य कोलकाताले २ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । कोलकाताको जीतमा शुभमन गिलले ५७ रन बनाए भने नितिश रानाले २५ रन बनाए । हैदराबादका जेसन होल्डरले २ विकेट लिँदा राशिद खान र सिद्दार्थ कौलले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रनको सामान्य योगफल तयार गरेको थियो । कप्तान केन विलियमसनले सर्वाधिक २६ रन बनाउँदा अब्दुल समादले २५ रन बनाए । कोलकाताका टिम साउदी, शिवम मावी र वरुण चक्रवर्तीले समान २-२ विकेट लिँदा शाकिब अल हसनले १ विकेट लिए ।

जीतपछि १३ खेलबाट १२ अंक भएको कोलकाता चौथो स्थानमा यथावत् छ भने पराजित हैदराबाद ४ अंकसहित पुछारमा छ । हैदराबाद प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्: