धादिङ २० बैशाख धादिङमा भोली मंगलबारदेखी निषेधाज्ञा सुरु हुने भएको छ ।कोरोना भाईरसको संक्रमणदर बढेको भन्दै मंलबारदेखी सुरु हुने गरी बैशाख ३१ गते सम्मको लागि निषेधाज्ञा लागु गरीएको छ।धादिङ÷जिल्ला प्रशासन कार्यालय धादिङले वैशाख २१ देखि ३१ गतेसम्म ११ दिन निषेधाज्ञा लगाउने भएको छ।वैशाख २१ मंगलबार विहान ६ बजेदेखि ३१ गते शुक्रवार राति १२ सम्म निषेधाज्ञाको आदेश जारी गरीएको छ ।कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढ्दै गएको भन्दै संक्रमण नफैलियोस भनेर निषेधाज्ञा जारी गरीएको धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताउनुभयो। अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ६ बजे देखि ९ बजेसम्मको समय तोकिएको छ ।