काठमाडौं, ३१ चैत । जनता समाजवादी पार्टी सिद्धलेक गाउँपालिकाको सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट रामकृष्ण परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको पार्टीका जिल्ला संयोजक राम ढकालले जानकारी दिए । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य राम घलेको प्रमुख आतिथ्य रहेको थियो भने संविधानसभा सदस्य विरबहादुर तामाङको विशेष आतिथ्य रहेको थियो ।
सम्मेलनले उपाध्यक्षमा विरबहादुर घले, सचिवमा पूर्णराम सिर्मल र कोषाध्यक्षमा दीपक सेढाई (डेभिड)लाई चयन गरेको छ । २९ सदस्यीय नयाँ कार्यसमिति समावेशी र सबै क्षेत्रका पार्टी नेतृत्वलाई समेटिएको संयोजक ढकालले जानकारी दिए ।