चैत्र ६ गते, २०८० - १३ः०४
Follow us:

रोयल बरो अफ ग्रीनवीच नेप्लिज्को अध्यक्षमा जीत रानाभाट निर्विरोध निर्वाचित


धादिङ २३ चैत
रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) को अध्यक्षमा साजसेवी तथा व्यावसायी जीत रानाभाट निर्विरोध निर्वाचित हुनुभएको छ । ग्रीनबीच बरो र आसपासमा बसोबास गर्ने गैर आवासीय नेपालीहरुको हितको लागि काम गर्ने उदेश्यले स्थापना भएको संस्थाको चौथो अविधेशनले रानाभाटलाई निर्विरोध चयन गरेको हो ।

अधिवेशनले जीत रानाभाटको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।कार्यसमितिका दुई उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी, महासचिव मञ्जु भण्डारी चयन हुनुभएको छ ।त्यसैगरी सचिवमा खेमराज रानाभाट, कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा रहनुभएको छ । सदस्यहरुमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डे रहनुभएको छ ।

वाँकी चार सदस्य पदहरु पछि मनोनित गरिने छ ।नयाँ कार्यसमितिको निर्वाचनका लागि कर्ण शाहीको संयोजकत्व, राजन खकुराल, सहदेव गिरी र श्याम शेरचन सदस्य र फडिन्द्र भट्टराई सदस्य सचिव रहनुभएको थियो । आरजीएनएसका नव निर्वाचित अध्यक्ष रानाभाटले आगामी ३ बर्षको कार्यकालको लागि विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्ने भन्दै ६ बुंदे प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
यस्ता छन् नवनिर्वाचित अध्यक्ष जीत रानाभाटको तीन बर्षे प्रतिबद्धताहरु
१) नेपाली भाषा, कला तथा सस्कृतिको जगेर्ना तथा प्रवर्दन गर्न आगामी ३ बर्षको लागि ठोश कार्यक्रमहरु बनाई नेपाल र स्थानीय कलाकारहरु संग समन्वय गरि विभिन्न कार्यक्रमहरु संचालन गर्ने। वक्तृत्वकला, हाजिरी–जवाफ लगायत कार्यक्रमहरु संचालन तथा बालबालिकाको लागि नेपाली भाषा कक्षाहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने।

२) यस भेगका नेपालीहरुको जनघनत्व लाई मध्यनजर राख्दै नेपाली सामुदायिक भवन (ऋयmmगलष्तथ ऋभलतचभ) स्थापना र ब्यबस्थापन गर्ने साथै यस कार्यको लागि स्थानीय काउन्सिल, लन्डन मेयर तथा स्थानीय साम्सदहरु संग समन्वय गरि आवस्यक पर्ने संसाधनको व्यवस्था गर्ने ।

३) मातृभूमि प्रर्तिको उत्तरदायित्व मनन गर्दै दुर्गम तथा संसाधनको पहुच नभएका नेपालीहरुलाई सहयोग गर्नुका साथै आबस्यकता अनुसार विभिन्न राहत कार्यक्रमहरु संचालन गर्ने।

४) स्थानीय स्तरका विभिन्न संघ सस्थाहरु संग समन्वय गरि नेपाली समुदायको बृहत हक हितको लागि समन्वयकारी भूमिका खेल्ने ।

५) सम्बन्धित स्थानीय सस्थाहरुसग समन्वय गरि नेपाली साहित्य तथा कलालाई प्रबर्धन गर्न विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने।

६) स्थानीय ब्यापारको प्रबर्धन तथा सहयोगको लागि सामुदायिक ब्यापारको अवधारणा लागु गरि अधिकतम नेपालीहरुलाई ब्यापारमा संलग्न गराउने।

यी प्रतिबद्धताहरु पूरा गर्न सरोकारवाला सबैसंग अन्तरक्रिया , ठोस कार्ययोजना मार्फत समुदायको हितमा आबश्यक पर्ने जनमुखी कार्यक्रम अघि बढाइने छ। साथै हाम्रा हरेक आर्थिक क्रियाकलापहरु पारदर्शी हुनेछन भन्नेमा विश्वास दिलाउन चाहन्छौ।

समाज परिवर्तनका सपनाहरुलाई साकार पार्न हाम्रो यो कार्यसमिति पूर्ण सक्षम छ भन्ने हामीले ठानेका छौ। यहाहरुको सक्रिय सहयोग र सहकार्यले हामीले चाहेको समाज परिवर्तन गर्ने कार्यमा हामी पूर्ण सक्रिय रहनेछौ भन्नेमा हामी प्रतिबदता व्यक्त गर्दछौ । फेरिपनि यहाँहरुको अमुल्य समय निकाली कार्यक्रममा सहभागीता जनाई हौसला प्रदान गरिदिनु भएकोमा आभार ब्यक्त गर्दछु।

प्रतिकृया लेख्नुहोस्: