चैत्र ६ गते, २०८० - ०७ः५४
Follow us:

एन्फा प्रेसिडेन्ट कपः धादिङ समाज धादिङद्वारा एन्फामा उजुरी


धादिङ्ग ७ चैत ।
धादिङ समाज धादिङले रेफ्रिको निर्णय विरुद्ध एन्फामा उजुरी दर्ता गराएको छ । बिहिबार सम्पन्न भएको धादिङ समाज धादिङ र त्रिवेणी युवा क्लब लमजङ्गुबीच भएको खेलमा फिफा रेफ्रि प्रकाशनाथ श्रेष्ठ र लाईन्समेनको भुमिका निर्वाह गर्ने नेशनल फिफा रेफ्रि श्याम खड्काले आफुमाथि अन्याय गरेको भन्दै संघले एन्फामा उजुरी दर्ता गराएको हो ।

दोस्रो हाफको दशौ मिनेटमा धादिङ्ग समाज धादिङ्गले पाएको फ्रि किकमा किपरले पन्च गरी क्लीयर गरेको बल आफ्नो खेलाडीले हेडिङ्ग गर्दा डिबक्स भित्र भएको हेन्डबल पेनाल्टी नदिएको,दोस्रो हाफको ३१ औँ मिनेटमा धादिङ्ग समाज धादिङ्ग विरुद्ध दिएको फल भिडियो हेर्दा फल नदेखिएकोले र सोहि निर्णयले टिमले गोल खाएको,दोस्रो हाफको ४० औँ मिनेटमा आउट गएको बल लाईन्समेन श्याम खड्काले थ्रो बलको ईसारा गर्दै स्वयम आफै खुट्टाले म्याच बल रोकेर कर्नर किक मिलाएर राख्देको र उक्त कर्नरमा टिमलाई हेन्डबलमा पेनाल्टी दिएको,उक्त खेलमा आयोजक कमिटीले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी प्रहरीहरु प्लेयरबस्कमा पठाई मानसिक यातना दिएको हुदाँ फिफाको ल बमोजिम सुरक्षाकर्मीहरु खेलमा कुनै विवाद नहुँदा समेत प्लयरबक्समा आएको धादिङ्ग समाज धादिङ्गले विज्ञप्तिमा जनाएको छ।

प्रतिकृया लेख्नुहोस्: