चैत्र ६ गते, २०८० - ०९ः५०
Follow us:

अनिल कोईराला अध्यक्ष रहने गरी आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको गठन

धादिङ ७ चैत ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको अध्यक्षमा अनिल कोईराला निर्वाचित हुनुभएको छ ।धादिङबेसी स्थित होटल आरकेमा सम्पन्न भएको तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशनबाट अनिल कोईराला निर्विरोध निर्वाचित हुनुभएको हो।बैदेशिक रोजगारीको क्रममा स्वदेश तथा विदेशमा भोगेका समस्याहरुको न्युनिकरण र समाधानका लागि पहल गर्ने र आप्रवासी कामदारको परिवार र उनीहरुको हकहितको लागि केन्द्र गठन गरीएको हो।पुर्नगठित केन्द्रको उपाध्यक्षमा गिता ओस्ति,सचिवमा गुण बहादुर अर्याल,कोषाध्यक्षमा राममाया श्रेष्ठ निर्वाचित हुनुभएको छ।

यसैगरी सदस्यहरुमा सिता अर्याल,कुशल आलेमगर,कमला कोईराला,सिताराम श्रेष्ठ,शिसिर रेग्मी, रिना नेपाली र दाउत तामाङ रहनुभएको छ ।केन्द्रको कार्यवाहक अध्यक्ष कमला कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमख विन्दा बरामु (नेपाली)को प्रमुख आतिथ्य र नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला,नेपाली काँग्रेस नगर कमिटिका सभापति शम्भु सिंह ठकुरी,टोल सुधार महासमिति अध्यक्ष नर बहादुर श्रेष्ठको आतिथ्य रहेको थियो । कार्यक्रममा विदेशबाट फर्किएका ९० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: