चैत्र ६ गते, २०८० - १७ः३४
Follow us:

घाईते महिलालाई माटोले पुरेको भन्दै धादिङमा स्थानीयले डोजर जलाए


धादिङ १७ फागुन ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सडक फराकिलो क्रममा निस्किएको माटो फाल्दै गरेको डोजरले घाँस काटेर फर्किँदै गरेकी सरस्वतीलाई ठक्कर दिएको थियो ।डोजरको ठक्करबाट स्थानीय ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो।

डोजरको ठक्करबाट ढलेकी उनको शव माटोमा पुरिएको अवस्थामा भेटिएको थियो। घाईते भएकी कुमाल उठ्न लाग्दा डोजरले माटो हालेर पुरेको स्थानीयले बताएका छन्।घटनास्थलमा रहेका स्थानीयका अनुसार डोजरको ठक्करपछि घाइते भएकी उनलाई उठ्न नभ्याउँदै डोजरले माटो हालेर पुरेको थियो। घटनापछि डोजर चालक फरार छन्। आक्रोसित स्थानीयले डोजरमा आगजानी गरेका छन्।

प्रतिकृया लेख्नुहोस्: