धादिङ १७ फागुन । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदीमा ट्याक्टरको ठक्कबाट एक बालिकाको मृत्यु भएको छ ।ग १ त १०४१ नम्बरको ट्याक्टरले टक्कर दिँदा विष्णु अधिकारीको ११ बर्षिया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाईते बालिकालाई उपचारको लागि धादिङ अस्पताल ल्याईएको थियो । उपचारको क्रममा बालिकाको जिल्ला अस्पताल धादिङमा मृत्यु भएको हो ।