धादिङको नीलकण्ठ नगरपालिका सिम्लेमा सामुदायिक अभिमुखीकरण कार्यक्रम सम्पन्न
फाल्गुन १५ गते, २०७७ - ०३ः११ मा प्रकाशित
धादिङ १४ फागुन । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ सिम्लेमा सामुदायिक अभिमुखीकरण अन्तरगत पहिलो चरणको समुह छलफल सम्पन्न भएको छ । बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि समुह स्तरमै गएर जानकारी गराउने उदेश्यले कार्यक्रम सम्पन्न गरीएको हो। सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।बैदेशिक रोजगारमा देखीएको समस्या न्युनीकरण गर्नको लागि नीलकण्ठ नगरपालिकाले नगरभित्र सचेतनाको कार्यक्रम सन्चालन गरेको हो।
बैदेशिक रोजगारको कारणले उत्पन्न हुने समस्या कम गर्नको लागि नीलकण्ठ नगरपालिकाले आप्रवासी स्रोत केन्द्र सन्चालन, वित्तिय साक्षरता,मनोसामाजिक समस्या न्युनीकरण,न्याय र पैरवीमा काम गर्दै आईरहेको छ ।कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी,सुचना तथा परामर्शकर्ता विनोद ढकाल,मनोविमर्शकर्ता रामकुमार थापाले सहिजकरण गर्नुभएको थियो । कार्यक्रममा कागजपत्रको महत्व,सिपको महत्व,ईजाजतपत्र प्राप्त म्यानपावर कम्पनीबाट मात्र जानुको फाइदा,रकम वा पासर्पोट बुझाउदा भरपाई गर्दाको फाईदाको विषयमा कार्यक्रम संयोजक दिनेश दुवाडी र परामर्शकर्ता विनोद ढकालले जानकारी गराउनुभएको थियो ।यसैगरी मनोविमर्शकर्ता रामकुमार थापाले बैदेशिक रोजगारको कारण उत्पन्न हुने मनोसामाजिक समस्या,लक्षण,वित्तिय साक्षरता कक्षाको फाईदा,पारिवारीक विखण्डन रोक्ने उपाय,धरेलु हिंसाबाट उत्पन्न हुने समस्याको विषयमा जानकारी गराउनु भएको थियो ।