-273.15°C Kathmandu, Nepal आश्विन ११ गते, २०७८ - १९ः४९
Follow us:

धादिङका रमेश अधिकारीलाई राष्ट्रिय सम्मान

धादिङ २६ माघ ।
शिक्षा क्षेत्रमा योगदान पुर्याएबाट धादिङको त्रिपुुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ कुपिन्डे निवासी रमेश अधिकारी सम्मानित हुनुभएको छ ।आरके ईन्टरटेन्मेन्ट ग्रुपको २० औँ बार्षिक उत्सवको अवसरमा अधिकारीलाई शिक्षाक्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएबापत राष्ट्रिय प्रतिभा सम्मान अन्तर्गत सम्मान गरीएको हो। काठमाण्डौँको बसुन्धारा स्थित साउथवेस्टन स्कुलका प्रिन्सिपल समेत रहनुभएका रमेश अधिकारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्मान गर्नुभएको हो ।धादिङका अधिकारी सँगै डा. भोला रिजाल, कुलमान घिसिङ, निर विरविक्रम शाह, महावीर पुन, करिस्मा मानन्धर र सपना रोकाय मगरलाई पनि सम्मान गरीएको हो ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा महानायक राजेश हमालको विशिष्ट आतिथ्य रहेको थियो ।यसअधि अधिकारीले अन्तराष्ट्रिय स्तरको बेस्ट प्रिन्सिपल अवार्ड प्राप्त गर्नुभएको थियो।

प्रतिकृया लेख्नुहोस्: