13°C Kathmandu, Nepal फाल्गुन १४ गते, २०७७ - ०८ः५८
Follow us:

धुवाँकोट रातमाटेको नवनिर्मित आमा समुहको भवन मेयर ढुंगानाद्वारा उद्घाटन


धादिङ २७ पौष
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोट रातमाटेमा नव निर्मित दुई कोठे आमा समुहको भवन मेयर भिम प्रसाद ढुंगानाले उद्घाटन गर्नुभएको छ ।आईतबार सातविसे महिला कृषि समुहको भवन उद्घाटन गर्नुहुदै मेयर ढुंगानाले आफु जनताको सेवक भएर काम गरीरहेको बताउनुभयो । नीलकण्ठ नगरपालिका र एक्सन नेपाल धादिङको आर्थिक सहयोगमा निमार्ण भएको भवनको आईतबार मेयर ढुंगानाले रिबन काटेर उद्घाटन गर्नुभएको हो । नीलकण्ठ नगरपालिकाको ५ लाख, एक्सन नेपालको ८ लाख ४ सय ५१ र जनश्रमदान ३ लाख २२ हजार २ सय ६२ गरी जम्मा १६ लाख ११ हजार ३ सय १४ रुपैँयाको लागतमा भवन निमार्ण गरीएको हो ।

सातविसे महिला समुहका अध्यक्ष सृजना थापा मगरको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाको विशेष आतिथ्य रहेको कार्यक्रममा महासमिति सदस्य तथा महिला नेतृ कल्पना अधिकारी, नेपाली काँग्रेस धादिङका पुर्व सभापति गोविन्द लम्साल,तरुण दलका अध्यक्ष गोपाल विश्वकर्मा,पुर्व अध्यक्ष दिपक कोईराला लगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: