15°C Kathmandu, Nepal फाल्गुन १४ गते, २०७७ - ०९ः२३
Follow us:

जनता समाजवादी पार्टी नीलकण्ठ १० काठमाण्डौं सम्पर्क समितिको भेला सम्पन्न


धादिङ २७ पौष
जनता समाजवादी पार्टी धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० काठमाण्डौँ सम्पर्क संयन्त्रको भेला सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिका १० बाट काठमाण्डौमा रही विभिन्न पेशा तथा व्यावसाय गर्नेहरुको भेला सम्पन्न भएको जनता समाजवादी पार्टी प्रदेश सदस्य तारालाल धरेलको जानकारी दिनुभयो । जनता समाजबादी पार्टीका हरि बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनता समाजबादी पार्टी धादिङका जिल्ला अध्यक्ष राम ढकाल,प्रदेश सदस्य तारालाल धरेल र सम्पर्क समितिको सचिव हरि कडरिया लगायतको आतिथ्य रहेको थियो ।

भेलाले हरि बहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अर्जुन ढकाल र सुबास धरेल सचिवमा केदार ढकाल,सह सचिवमा भिमसेन तिमल्सिना,कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना,सह कोषाध्यक्षमा दिपक ढकाल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा गणेश पुडासैनी,रामचन्द्र ढकाल,गणेश उपाध्याय,अनिश शाह र दिपेश शाह रहनुभएको छ । जनता समाजवादी पार्टीले धादिङमा संगठन विस्तार कार्यलाई तिव्र बनाएको छ । केहि दिन अघिमात्र सिद्धलेक गाउँपालिका स्तरीय भेला सम्पन्न गरी नयाँ समिति चयन गरेको छ ।

प्रतिकृया लेख्नुहोस्: