सुरक्षित आप्रवासन (सामी)परियोजनाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न
पौष १५ गते, २०७७ - ०४ः१३ मा प्रकाशित
धादिङ १४ पौष । सुरक्षित आप्रवासन (सामी) परियोजना धादिङको अर्धबार्षिक समिक्षा कार्यक्रम मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ ।बैदेशिक रोजगारीलाई,सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि सन्चालन भईरहेको सामी परियोजनाको गतिविधिहरुको समिक्षा गरीएको सामी परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले बताउनुभयो।अधबार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले समृद्ध नीलकण्ठ बनाउनको लागि सामी परियोजनाले एउटा ईट्टा थप्ने काम गरेको बताउनुभयो।
बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागि सामी परियोजनाले महत्वपुर्ण काम गरेको भन्दै मेयर ढुङ्गानाले सामी परियोजनालाई आफुले महत्वको साथ हेरिरहेको बताउनुभयो । स्थानीयतहले गाउमै रोजगारी सृजना गर्ने गरी काम गरीरहेको भन्दै उहाँले विदेशबाट फर्केकाहरुको सिपको सहि सदुपयोग नीलकण्ठ नगरपालिकाले गर्ने पनि बताउनुभयो ।
यसैगरी कार्यक्रमका अतिथी धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बैदेशिक रोजगारको कारण भएको समस्यामा सहयोग गर्नको लागि प्रशासन तयार रहेको पनि बताउनुभयो ।बैदेशिक रोजगारको कारण ठगी धेरै हुने गरेको भन्दै उहाँले पीडितलाई न्यान दिलाउनको लागि कानुन अनुसार आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । यसैगरी गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले सामी परियोजनाको काम राम्रो भएको भन्दै परियोजना सन्चालनको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो।
यसैगरी सामी परियोजनाका कार्यक्रम अधिकृत कमल रोकायले सामी परियोजनाले सन्चालन गरीरहेको काम र आगामी योजनाको विषयमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजना सन्चालन भईरहेको चार वटा गाउँपालिकाको अर्धबार्षिक कार्य प्रगतीको बारेमा जानकारी गराउनु भएको थियो ।
धादिङको नीलकण्ठ नगरपालिका,धुनीवेशी नगरपालिका,गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा सुरक्षित आप्रवाशन ( सामी) परियोजना सन्चालन भईरहेको छ । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको अर्धबार्षिक समिक्षा कार्यक्रममा,प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल,राष्ट्रिय अनुसन्धानका सुरेन्द्र कोईराला,गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका,नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला,सामी परियोजनाका कार्यक्रम अधिकृत कमल रोकायको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका सुचना तथा परामर्शदाता,मनोसामाजिक परामर्शकर्ता,वित्तिय साक्षरता सहजकर्ता र रिटर्नी स्वयमसेवकहरुको सहभागिता रहेको थियो ।कार्यक्रम सन्चालन सामी परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले गर्नुभएको थियो ।