धादिङमा दुई तिहाईभन्दा बढी प्रमुख नेताहरु दाहाल-नेपाल खेमामा खुले
पौष ११ गते, २०७७ - ०१ः०५ मा प्रकाशित
काठमाडौं, १० पुस । धादिङमा प्रचण्ड-माधव नेपाल समूहको नेकपामा अधिकांश नेताहरु खुलेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाको निर्वाचन आयोग सदस्यदेखि प्रदेश कमिटी सदस्यसम्म गरी १८ जना नेताहरुले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको गैरसंवैधानिक विघटनविरुद्धको आन्दोलनमा सहभागी बन्न आग्रह गरेका हुन् ।
योसँगै नेकपाको ओली समूहमा खेम लोहनी, भूमि त्रिपाठी, नेत्र पौडेल र जगन्नाथ नेपाल लगायतका केही नेताहरु मात्र रहेका छन् ।