8°C Kathmandu, Nepal माघ ५ गते, २०७७ - ०४ः०५
Follow us:

धादिङको नीलकण्ठ नगरभित्रको दुई लिफ्टिङ परियोजनाको शिल्यान्यास

धादिङ ११ मंसिर
धादिङको नीलकण्ठ नगरपालिकामा भित्रका दुई लिफ्टिङ परियोजनाको शिल्यान्यासको बिहिबार शिल्यान्यास गरीएको छ ।नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ को ठाँटी खोला लिफ्टिङ खानेपानी आयोजना र वडा नम्बर २ को झ्यापुङ खोला लिफ्टिङ खानेपानी आयोजनाको छुट्टा छुट्टै कार्यक्रमका बीच नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले शिल्यान्यास गर्नुभएको हो। नीलकण्ठ नगरपालिका,सर्भिस फर पिस र कोईकाको संयुक्त साझेदारीमा निर्माण हुने खानेपानी आयोजना आगामी बैशाखा भित्रमा सम्पन्न गर्ने लक्ष्य राखीएको छ।खानेपानीको चरम समस्या झेल्दै आएका वडा नम्बर १ को काउले र वडा नम्बर २ को भुलभुलेका नागरिकहरु खानेपानी आउनेभएपछि खुशी भएका छन् ।

वडा नम्बर १ काउलेमा निर्माण हुन लागेको खानेपानी आयोजनाबाट १ सय १८ घरधुरी लाभान्वित हुने भएका छन् ।नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको ८१ लख ३ हजार ५ सय ३७ र समुदायको श्रमदान ७ लाख २८ हजार ६ सय ७० रुपैया गरी कुल ८८ लाख ५२ हजार २ सय ८ रुपैयाको लागतमा ठाँटी खोला लिफ्टिङ खानेपानी परियोजना सम्पन्न गर्न लागिएको हो । यसैगरी वडा नम्बर २ भुलभुलेमा निर्माण हुन लागेको खानेपानी आयोजनाबाट ७२ घरधुरीका नागरिकहरु लाभान्वित हुने भएका छन् ।

नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको ६६ लाख ६६ हजार ५ स य ५५, समुदायको श्रमदान ८ लाख ५ हजार ६ सय ९९ गरी कुल ७४ लाख ७२ हजार २ सय ५५ रुपैँयाको लागतमा निर्माण गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष मृगबहादुर गुरुङले बताउनुभयो।नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको शिल्यान्यास कार्यक्रममा उप मेयर मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो ।कार्यक्रममा सर्भिस फर पिसका कार्यकारी निर्देशक सरोज कुमार खनाल,केन्द्रिय सदस्य शम्भुसिंह ठकुरी,वडा नम्बर २ का अध्यक्ष ध्वज बहादुर गुरुङ,वडा नम्बर १४ का अध्यक्ष फन्द्रा तामाङ लगायतको विशेष आतिथ्य रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: