चैत्र १६ गते, २०८० - १५ः२५
Follow us:

जसपा धादिङको प्रशिक्षण कार्यक्रममा २६ जना नेकपाका कार्यकर्ता जसपामा प्रवेश


धादिङ ९ मंसिर ।
जनता समाजवादी पार्टी(जसपा) धादिङको एक दिने प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ।जनता समाजवादी पार्टी(जसपा) धादिङका अध्यक्ष राम ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनता समाजवादी पार्टीका बागमती प्रदेश सह ईञ्चार्ज अक्क बहादुर थिङ्गको प्रमुख आतिथ्य रहेको थियो।जसपा बागमती प्रदेशका अध्यक्ष सोनाम सिंह स्यान्तान र जसपा बागमती प्रदेश उपाध्यक्ष राजु नेपालकोको विशेष आतिथ्य रहेको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा जसपा धादिङका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पार्टी परित्याग गरी २६ जना जसपामा प्रवेश गरेका छन् ।रामकृष्ण परियार र पुर्णराम सिर्मल को नेतृत्वमा सिद्धलेकबाट पार्टी प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा विशेष अतिथीहरुले टिका र खादा ओढाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्: