9°C Kathmandu, Nepal मंसिर १५ गते, २०७७ - ००ः४६
Follow us:

विकासको काम कहिले पनि सकिँदैनः डा. तुलाधर

काठमाडौं, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा विपद् व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधरले विकास निरन्तर प्रक्रिया भएकोले विकासको काम कहिल्यै नसकिने बताएका छन् ।

गल्छी गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवनको बुधबार शिलान्यास गर्दै पूर्व शिक्षा मन्त्री समेत रहेका तुलाधरले विकासको काम कहिल्यै नसकिने धारणा राखे । तुलाधरले विकासको काममा सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिँदै क्रमिकरुपमा गाउँघरको विकासको काम अगाडि बढिरहेको बताए ।

‘संघीयताले अवसरहरु गाउँघरसम्म ल्याएको छ,’ उनले भने, ‘अब आम नागरिकको आवश्यकता र चाहनाअनुसार विकास निर्माणको काम अगाडि बढ्नुपर्छ ।’

बुधबार नै डा. तुलाधरले गल्छी-३ कै धादिङ आधारभूत विद्यालयको निर्माणाधीन भवनको शिलान्यास गरे । शिलान्यास कार्यक्रममा गल्ती गाउँपालिकाकी उपाध्यक्ष राधा तिमल्सिना, नेकपाका जिल्ला सदस्यहरु नरेश खतिवडा, केदार खतिवडा लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: