9°C Kathmandu, Nepal मंसिर १५ गते, २०७७ - ०१ः०८
Follow us:

पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष बर्माको निधन

काठमाडौं, २१ कात्तिक । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष तथा सामाजिक व्यक्तित्व सीतारामप्रसाद बर्माको निधन भएको छ । कोरोना संक्रमण देखिएपछि केही दिन अघिदेखि काठमाडौंको किष्ट अस्पतालमा उपचाररत बर्माको शुक्रबार बिहान निधन भएको हो ।

उनले प्रेस स्वतन्त्रता सेनानीको सम्मान पनि पाएका थिए । जीवनको झण्डै तीन दशक पत्रकारितामा सक्रिय बर्माको पत्नीको पनि केही समयअघि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

बर्माले धादिङबाट राष्ट्रिय समाचार समितिमा विगत २७ वर्षदेखि जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।

प्रतिकृया लेख्नुहोस्: