धादिङ, १७ कात्तिक । धादिङमा उद्योग व्यवसायहरु पूर्णरुपमा खुल्ने भएको छ ।
यसअघि कोभिड-१९ को कारणले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि असोज ३ गतेदेखि नीलकण्ठ नगरपालिका आसपासका बजारहरुमा बिहान ९ देखि ३ बजेसम्म व्यापार व्यवसाय खोल्न अनुमति दिएको थियो ।
उद्योग वाणिज्य संघ धादिङको अनुरोधमा प्रशासनले बिहानदेखि बेलुका ८ बजेसम्म उद्योग व्यवसाय सञ्चालन गर्न सहमति दिएको अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।
अध्यक्ष खत्रीका अनुसार उद्योग व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्नेछ ।