आश्विन २४ गते, २०८१ - १४ः०७
Follow us:

धादिङमा १० दिनदेखि पिसिआर परीक्षण रोकियो, जनप्रतिनिधि प्रति नागरिकको चर्काे आक्रोश

धादिङबेसी, १५ कात्तिक ।
धादिङमा विगत १० दिनदेखि पिसिआर परीक्षण रोकिएको भन्दै नागरिकहरूले सरकार र जनप्रतिनिधिहरूप्रति तीव्र आक्रोश व्यक्त गर्न थालेका छन् । सामाजिक सञ्जालमा नागरिकहरुको आक्रोश प्रष्ट रुपमा देखिन थालेको हो ।
‘धादिङमा विगत १० दिन देखि पिसिआर परीक्षण रोकिएको छ । धादिङमा समुदाय स्तरमै कोरोना फैलिइसकेको छ’, शनिवार नागरिक अगुवा केशव दुवाडीले लेखेका छन्, ‘जसको प्रमाण हाम्रो परिवारमा म समेत ३ जनालाई पोजिटिभ देखिनु हो ।’ उनी अगाडि जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गर्दै लेख्छन्, ‘धादिङबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सांसदहरु! तिमीहरुले जिल्ला अस्पतालमा एउटा पिसिआर मेसिनको पनि व्यवस्था गर्न सकेनौ! धिक्कार छ ! अब तिमीहरुको राजनीति सकियो !’ यस्तो आक्रोश सामाजिक सञ्जालका भित्ताभरी देख्न पाइन्छ ।

सामाजिक सञ्जालमा रामप्रसाद भट्ट लेख्छन्, ‘हिजोआज लुट मच्चाउने समय रहेछ, बिना कमिसन केही पनि नगर्ने भए सायद न विगतको ज्ञान न भविष्यको प्लान भएकाहरुलाई सत्ता सुम्पियर ठूलो भुल पो गरेछौं कि ?’ दुवाडीको आक्रोशमा लय मिलाउँदै स्थानीय व्यवसायी गोविन्दकुमार श्रेष्ठ लेख्छन्, ‘यो वास्तविकता हो भाइको कुरामा शतप्रतिशत सहमति जनाउँदै मैले हर ठाउँमा कुरा उठाउने छु । साथै मेसिन किन्न सरकार र जनताबाट हातेमालो गर्ने भए मेरो तर्फबाट हातेमालो समेत गर्ने छु ।
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता दिपक न्यौपाने भने नागरिककै छनौट यस्तो भएकोले यो गल्तीलाई नागरिकले नै सच्याउनु पर्ने तर्क गर्छन् । उनी लेख्छन्, ‘सबैले चुनाव नआउन्जेल हो काम गरेनन् भन्ने । चुनाव नजिकिएसँगै अन्धभक्तहरू पछि लागिहाल्छन् । काम नगर्नेलाई बहिष्कार गर्ने थालनी गर्नुपर्छ । तबमात्र सुध्रिन्छन् कि नेताहरू ।’

प्रतिकृया लेख्नुहोस्: