9°C Kathmandu, Nepal मंसिर १५ गते, २०७७ - ०१ः११
Follow us:

थपिँदै कोरोना संक्रमित


संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो

धादिङ, १५ कात्तिक । गत २४ घण्टामा २ हजार ५०८ जनामा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको संख्या १ लाख ७० हजार नाघेको छ । नेपालभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

धादिङमा ८ संक्रमित थपिए
मन्त्रालयका अनुसार धादिङ जिल्लामा ८ जना कोभिड–१९ (कोरोना भाइरस) का संक्रमित थपिएका छन् । यसैगरी काठमाडौं उपत्यकामा १२५७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १११३ जना, ललितपुरका १९५ र भक्तपुरका ४९ जना छन् ।
यसैगरी मोरङका १३८ जना, चितवन र कास्कीका १०९/१०९ जना, झापा र सुनसरीका ७६/७६ जना, रुपन्देहीका ७५, काभ्रेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७ २७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६/१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९/९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७/७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५/५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३/३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १/१ जनामा काेराेना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: