9°C Kathmandu, Nepal मंसिर १५ गते, २०७७ - ०१ः०७
Follow us:

धादिङमा थप ६ जनामा कोरोना पुष्टि

धादिङ १४ कार्तिक
धादिङमा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएसँगै धादिङमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १ पुगेको छ । शुक्रबार पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नं ३ का २४ बर्षिया महिला,३५ बर्षिय पुरुष ,वडा नं १० का ४२ बर्षिय पुरुष,वडा नं १२ की ३५ बर्षिया महिला,ज्वालामुखी गाउँपालिका वडा नं २ की ३६ बर्षिया महिला र वडा नं ३ का ३५ बर्षिय पुरुष रहेको रहेका छन् । धादिङमा सक्रिय केशको संख्या ४ सय ६१ जना रहेका छन् । कोरोनाको कारण अहिले सम्म धादिङमा १२ जनाको मृत्यु भईसकेको छ ।

प्रतिकृया लेख्नुहोस्: