8°C Kathmandu, Nepal मंसिर १५ गते, २०७७ - ०१ः५०
Follow us:

व्यवसायी विष्णु रेग्मीको सहयोगमा रङ्गियो चुलीको बाघ बच्छला मन्दिर (फोटो फिचर)

धादिङ १४ कार्तिक ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको धार्मिक तथा ऐतिहासिक मन्दिर बाघ बच्छला महादेवको मन्दिर सरसफाई गर्ने कार्य सम्पन्न भएको छ । सोहि स्थानका व्यवसायी तथा बाघ बच्छला सप्लायर्सका प्रमुख विष्णु रेग्मीले रङरोगन गर्नको लागि आर्थिक सहयोग गरेपछि त्यस क्षेत्रका यूवाहरुले मन्दिरमा रङ्ग लगाउने र सरसफाई गर्ने कार्य सम्पन्न गरेका चुलीबाट रामकुमार रेग्मीले जानकारी दिनुभयो ।

व्यवसायी विष्णु रेग्मी आफै सहभागी भई मन्दिर सरसफाई तथा रङरोगन गर्नुभएको हो ।आफ्नो गाउँको मन्दिर संरक्षण गर्नको लागि आफुले कमाएको केहि अंश सामाजिक कार्यमा सहयोग गरेको व्यवसायी रेग्मीको भनाइ छ । उहाँले मन्दिरमा रङरोगन तथा सरसफाई गर्नको लागि ८ हजार ५ सय सहयोग गर्नुभएको हो ।

साबिकको गोगनपानी गाउँ विकास समिति वडा नम्बर २ मा रहेको बाघ बच्छला मन्दिर ऐतिहासिक महत्व बोकेको धार्मिक स्थल हो । बाघ बच्छला महादेवको मन्दिरमा पुजा आराधान गर्दा मनोकाङ्क्षा पुरा हुने विश्वास रहेको छ। उक्त मन्दिरमा गई गाईको दाम्लो साट्ने चलन पनि रहिआएको छ ।

त्यसो गर्दा गाइलाई कुनै रोग नलाग्ने र राम्रो हुने विश्वास रहिआएको छ । गल्छी गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा उक्त स्थानलाई समेटेपनि आवश्यक भौतिक संरचना निर्माण तथा संरक्षणमा भने खासै चासो दिएको पाईदैन ।

प्रतिकृया लेख्नुहोस्: