दशैँमा पाहुना बनेर गई बलात्कार गर्ने त्रिपुरासुन्दरी गाउँपालिकाका एक युवा पक्राउ
कार्तिक १४ गते, २०७७ - १६ः१५ मा प्रकाशित
धादिङ १४ कात्तिक पाहुना बस्न गई बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।त्रिपुरासुन्दरी गाउँपालिका–६ का २४ वर्षीय भुवन बस्याललाई ३० बर्षिय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ । दशैँको बेला पाहुना लाग्न गएका बस्यालले सोही घरकी महिलालाई कात्तिक १२ गते बिहान बलात्कार गरेपछि स्थानीयको सहयोगमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । पीडित महिलाले कात्तिक १२ गते बस्याल विरुद्ध बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी तिम्सिनाले बताउनु भयो । प्रहरीले बस्याललाई पक्राउ गरेर अनुसन्धान गरीरहेको छ ।