9°C Kathmandu, Nepal मंसिर १५ गते, २०७७ - ०१ः३६
Follow us:

आईपीएल अन्तरगत बिहिबार भएको खेलमा चेन्नाई ६ विकेटले विजयी

१४ कात्तिक, काठमाडौं ।
अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।१७३ रनको लक्ष्य चेन्नाईले चार विकेट गुमाएर अन्तिम बलमा हासिल गरेको हो । चेन्नाईको जितमा ऋतुराज गायकवाडले ७२ रन योगदान गरे । शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए । साम कुरानले १३ र रविन्द्र जडेजा ३१ रनमा नटआउट रहे । १९ ओभरमा चेन्नाईको स्कोर १६३ रन थियो ।

अन्तिम बलमा जितका लागि १ रन आवश्यक थियो । कमलेश नगरकोटीको बलमा जडेजाले छक्का प्रहार गरेर जित दिलाए ।जडेजाले ११ बलमा ३१ रन योगदान गरे । बलिङतर्फ पेट कमिन्सन र वरुण चक्रवर्तीले २–२ विकेट लिए । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाएका थिए । शुभमन गिलले २६ रन जोडेका थिए । बलिङतर्फ लुंगी निग्दीले दुई विकेट लिए । कोलकाताका लकी फर्ग्युसन सबैभन्दा महँगा बलर बने । उनले चार ओभरमा ५४ रन खर्चिए । सबैभन्दा किफायती बलर नितिश राणा रहे । एक ओभरमात्र बलिङ गर्ने मौका पाएका उनले १६ रन दिए ।

प्रतिकृया लेख्नुहोस्: