धादिङ,१४ कार्तिक । धादिङको धुनीवेशी नगरपालिकाबाट खालमा बसेका ४ जना जुवाडे सहित प्रहरीले ५२ हजार नेपाली रुपैया बरामद गरेको छ । धुनीबेसी नगरपालिका वडा नम्बर ९ खड्का गाउँबाट नगद ५२ हजार ५ सय ५ सहित चारजनालाई इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमाधुनीवेशी नगरपालिका वडा नबर ९ बस्ने २७ वर्षिय महेश लोहनी, ३५ वर्षिय दिपक राना भाट, २६ वर्षिय रुपचन्द खत्री, ३७ वर्षिय सबिन पाण्डे रहेका छन् भने शिव न्यौपाने र भोटे भन्ने सुनिल खत्री भागेकोले खोजी कार्य भईरहेकोे छ ।पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएकोे छ ।