चैत्र १५ गते, २०८० - २१ः५५
Follow us:

धार्केमा रहेको एक खाजाघरमा आगलागी,घाईते श्रेष्ठलाई थप उपचारको लागि काठमाण्डौँ लगियो

धादिङ १३ कार्तिक
धादिङकाको धार्केमा रहेको एक खाजा घरमा आगलागी भएको छ ।धादिङको धुनीबेसी नगपालिका ६ धार्केमा रहेको खाजा घरमा बिहिबार बिहान आगलागी भएको छ ।केदार नाथ पाण्डेको घरमा रहेको रामकुमार श्रेष्ठद्वारा संचालित खाजा घरमा आगलागी भएको हो ।ग्यास सिलिन्डर लिक हुदा आगलागी भएको हो ।

आगलागीबाट मिरा श्रेष्ठको अनुहार, दुईवटै हातमा र बायाँ खुट्टामा आगोले जलेको छ । घाईते श्रेष्ठलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ । स्थानियबासी,दमकल,ईलाका प्रहरी कार्यालयबाट आएका प्रहरीको सक्रियतामा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छ। फोटोःरेडियो राजमार्ग

प्रतिकृया लेख्नुहोस्: