धादिङका पुराना वामपन्थी नेता मुरारी शर्माद्वारा आत्महत्या
कार्तिक १० गते, २०७७ - २३ः५८ मा प्रकाशित
धादिङ, १० कात्तिक । पुराना वामपन्थी नेता मुरारी शर्माले आत्महत्या गरेका छन् । धादिङको आदमघाट घर भएका शर्मा धादिङमा कम्युनिष्ट पार्टीको संस्थापकमध्येका एक हुन् ।
केही दिनदेखि अस्वस्थ रहेका शर्माले सोमबार टीकाको दिन सवा ३ बजेतिर आदमघाटको पुलबाट त्रिशुलीमा हामफाली आत्महत्या गरेको स्थानीयले जानकारी दिए ।
त्रिशुलीमा पुलबाट हामफालेपछि स्थानीय युवाले उनलाई घाटबेसीबाट उद्धार गर्दा उनको मृत्यु भइसकेको थियो ।
बौद्धिक वामपन्थी अगुवाको छवि समेत रहेका उनी सुरुवाती दिनहरुमा अध्यापनमा संलग्न थिए ।
उनको शवलाई पोस्टमार्टमको लागि गजुरी लगेको आदमघाटका एक स्थानीयले जानकारी दिए ।