चैत्र १ गते, २०८१ - २०ः११
Follow us:

यस वर्ष दशैंमा पाँच हजार पाँच सय खसीबोका निर्यात गर्दै सिद्धलेक गाउँपालिका

धादिङ ६ कार्तिक
धादिङको सिद्धलेक गाउँपालिका पशुपालनमा आत्मनिर्भर बनेको छ।यस बर्षको दशैँमा मात्र सिद्धलेक गाउँपालिकाले ५ हजार ५ सय खसिबोका निर्यात गर्ने भएको छ ।१ हजार ३ सय घरपरिवार किसानहरुले यस बर्षको दशैँको लागि पाँच हजार पाँच सय खसि बोका विक्रि वितरण गर्न तयार पारेका छन्।दशँैमा पालिका भित्र खपत हुने र काठमाण्डौमा विक्रि वितरण गर्न लैजाने बाहेक सहकारी मार्फत मात्र ५ हजार ५ सय खसिबोका निर्यात गर्न लागिएको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो।

नागरिकहरुको जीवन स्तर उकास्नको लागि कृषिमै आत्मनिर्भर हुनुपर्ने भन्दै उहाँले पालिकाले योजना बनाएर विभिन्न कार्यक्रम सन्चालन गरेपछि पशुपालनमा कृषकहरुको आकर्षण बढेको बताउनुभयो ।यसबर्ष सिद्धलेक गाउँपालिकाले मात्र खसिबोका बिक्रि वितरण गरेर १० करोड भन्दा बढी रकम पालिका भित्राउन सफल हुने भएको छ। सिद्धलेक गाउँपालिका र हेभर ईन्टरनेशनलको सहयोगमा प्रयास नेपालले गठन गरेको सहकारी मार्फत महिलाहरुलाई २ वटा माउ बाख्रा सहयोग गर्दै आईरहेको छ ।

उपहारबाट प्राप्त गरेको बाख्राहरु डेढ बर्षमा पुन अर्को उपहार महिला समुहका सदस्यलाई २ वटा बाख्रा सहयोग गर्नुपर्ने छ । सिद्धलेक गाउँपालिका भित्र ५९ समुह अन्तरगत १ हजार ७ सय भन्दा बढी महिलाहरु सहकारीमा आबद्ध भएका छन्। सहकारीका सदस्यहरुले विक्रि गर्नको लागि तयार पारेका खसी बोकाहरु पच्चिसदेखि पैंतिस किलोग्रामसम्मका छन् ।सहकारी मार्फत विक्रि वितरण गर्दा जिउँदो प्रतिकिलो ५ सय ५० देखि ६ सयसम्ममा पर्ने छ ।

सबै खसीबोका सहकारीमार्फत बजारीकरणको ब्यवस्था मिलाइएको छ।खासगरी, बाख्रा पालनको पकेट क्षेत्र बनाइएको सिद्धलेक गाउँपालिकामा किसानहरुले खरी र जमुनापारी जातको बाख्रा पालन गर्दै आईरहेका छन्।बाख्रा पालेसँगै किसानहरुले आफ्नौ बारीमा घाँस खेती समेत गर्न थालेका छन।बाख्रा पालेर मनग्य आम्दानी गर्न सफल भएपछि सिद्धलेक गाउँपालिकाका कृषकहरु खुसि भएका छन्। सिद्धलेक गाउँपालिकाले १० वटा खसि बोका पाल्ने किसानहरुको लागि नगद एक लाख प्रोत्साहन भत्ता दिन लागिएको पालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।सिद्धलेक गाउँपालिकाका कृषकहरुले गत बर्ष पनि २ हजार भन्दा बढी खसी बोका दशैँ र तिहारमा विक्रि वितरण गरेका थिए।

प्रतिकृया लेख्नुहोस्: