चैत्र १२ गते, २०८१ - १७ः४६
Follow us:

३० करोडको लागतमा बन्ने भो धुनिवेशी नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन

धादिङ २ कार्तिक
धादिङको धुनिवेशी नगरपालिकाको जुगेडीमा प्रशासनिक भवनको शिलान्यास गरिएको छ । साविकको नौविसे, जीवपुर र छत्रेदेउराली गाविसलाई गाभेर धुनिवेशी नगरपालिका बनाइएको हो । पालिका केन्द्र तोकिएको धुनिबेशी नगरपालिका वडा नम्बर ९ को जुगेडीमा प्रशासनिक भवन निमार्ण अगाडि बढेको छ । शनिवार एक कार्यक्रमका विच पृर्व स्थानिय विकास मन्त्री तथा धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे, नगरप्रमुख बाल कृष्ण आचार्य र उपप्रमुख निरु खरेलले भवनको शिलान्यास गर्नु भएको हो।
पृथ्वी राजमार्गबाट ५०० मिटर भित्र रहेको जुगेडीमा साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा भएको भवन निमार्ण हुने इन्जिनियर नवराज श्रेष्ठले जानकारी दिनुभएको छ । २ वर्षमा निमार्ण गरिने उक्त भवनको लागत ३० करोड रहेको छ ।अहिले १५ करोडमा ठेक्का खोल्दा ९ करोड ५२ लाख ३५ हजार ५ सय ५९ रुपैयाँमा रबीन अबिशा बीकन जे भि ले ठेक्का पारेको हो । भवनमा सभा हल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष,सचिवालय,प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष सहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको कार्यकक्ष हुने छ । भवनको चारै तिर कम्पाउण्ड आसपासमा हरियाली सहितको ग्राउण्ड र पार्किङ हुने इन्जिनियर श्रेष्ठले बताउनुभयो ।
नगरप्रमुख बाल कृष्ण आचार्यले विभिन्न समस्यका बाबजुत पनि नगरको प्रशासनिक भबन बनाउन जग्गा मिलाउने देखि आजको शिलान्यास अबस्था सम्म ल्याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिनु भएको छ।कुरा काट्नेहरुको अगाडी नगरले भवन निर्माण समयमा नै सम्पन्न गर्नुे बताउनु भएको छ ।कार्यक्रममो पृर्व मन्त्री तथा प्रदेश संसद राजेन्द्र पाण्डेले भवन निर्माणको समयमा सबै नागरिकले ठेक्कदार कम्पनीलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

प्रतिकृया लेख्नुहोस्: