बैशाख १ गते, २०८३ - १७ः२९
Follow us:

धादिङका रमेश अधिकारी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित


युबराज दनै
धादिङ २८ असोज

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका निवासी रमेश अधिकारी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएको छ ।काठमाण्डौँको बसुन्धारामा रहेको साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारी ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ अवार्ड बाट सम्मानित हुनुभएको हो ।

‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल सभामा विभिन्न पचासभन्दा बढी विधाहरूमा अवार्ड घोषणा गरीएको थियो । सोहि क्रममा उक्त अवार्ड पनि घोषणा गरिएको थियो ।कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया लगायत एसियाका विभिन्न देशहरूका २०० भन्दा बढी संस्था तथा व्यक्तिहरुलाई विभिन्न अवार्डबाट सम्मान गरिएको थियो ।

No description available.

अगस्ट दोस्रो सातादेखि मनोनयन दर्ता गरेको उक्त अवार्डका लागि विभिन्न चरणहरू पार गर्दै प्रिन्सिपल अधिकारीले अवार्ड हात पार्नुभएको हो ।‘इडु नेसन टिभी’ले प्रिन्सिपल रमेश अधिकारीसँग लिएको अन्तर्वार्ता प्रत्यक्ष प्रसारण गरेको थियो । अन्तर्वार्ताकको क्रममा देशको शिक्षण सिकाइ र नेपाल भारत सीमा विवादका सम्बन्धमा आफ्नो स्पष्ट धारणा राखेको उहाँले बताउनुभयो ।

अवार्डका लागि निर्णायक मण्डलका सदस्यहरूले विद्यालयबाट सञ्चालित अनलाइन कक्षा तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरुरूको अनलाइन अवलोकन गर्नुभएको थियो।गत बर्ष दुबईको अमिट युनिभर्सिटीद्वारा आयोजित एक कार्यत्रफ्ममा स्कुललाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड अन्तरगतको ‘एक्सिलेन्स टिचिङ अवार्ड’ दिलाउन सफल रमेश अधिकारीले यस बर्ष ‘बेस्ट प्रिन्सिपल २०२०’ अवार्ड प्राप्त गर्नुएको स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्: