26°C Kathmandu, Nepal कार्तिक १५ गते, २०७७ - १६ः०६
Follow us:

जसपा धादिङको विस्तारित बैठक सम्पन्न(यस्ता छन् पाँच निर्णयहरु)


धादिङ ७ असोज
जनता समाजवादी पाटी धादिङको पदाधिकारीको विस्तारित बैठक मंगलबार सम्पन्न भएको छ।जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम ढकालको अध्यक्षतामा सम्पन्न भएको बैठकममा जसपाका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका उपाध्यक्ष राजु नेपालको प्रमुख आतिथ्य रहेको थियो ।जसपाका नेता बीर बहादुर तामाङको विशेष आतिथ्य रहेको विस्तारीत बैठकमा जसपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

बैठले विभिन्न निर्णयहरु सार्बजनिक गरेको छ । बैठकले लकडाउन खुलेपनी कोरोनाको जोखिमको अवस्था झन् बढ्दै गएकोले सम्पुर्ण धादिङबासीलाई सचेत र सुरक्षित रहन अनुरोध गर्ने,जसपाको संगठनलाई गठन, पुनर्गठन र विस्तार गर्दै पार्टीको गतिविधि वडा सम्म पुर्याउने । राजपा सग एकताको लागी राम ढकालको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गर्ने, पार्टीको प्रवक्तामा पार्टी सचिव निर बहादुर श्रेष्ठ र सह(सचिव अर्जुन सापकोटा रहने र पार्टीको तर्फबाट दलिय प्रतिनिधित्व गर्दा पदाधिकारी मध्यबाट गर्ने र पार्टीमा सल्लाह नगरी अरु कसैले प्रतिनिधित्व गरे त्यो पार्टीको आधिकारिक नहुने निर्णय गरीएको जिल्ला अध्यक्ष राम ढकालले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

Ramesh_Dhamala