आश्विन २४ गते, २०८१ - १४ः११
Follow us:

धादिङका थप ६ जनामा कोरोना पुष्टि

धादिङ,०३ असोज ।

धादिङका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ की २५ वर्षिय महिला,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का २८ बर्षिय पुरुष र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ३४ बर्षिय पुरुष र ५० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

त्यस्तै शुक्रबार गंगाजमुना गाउँपालिका वडा नं ७ की २६ बर्षिय पुरुष  र ज्वालामुखी गाउँपालिका वडा नं ३ का ४३ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय ४६ पुगेको छ ।

यसैगरी जिल्लाको १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ९२ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६७  जना, गल्छि गाउँपालिकामा ५१ जना र ज्वालामुखी गाउँपालिकामा ३९ जना रहेका छन् ।

यस्तै धुनीबेसीमा १८ जना, थाक्रे र बेनिघाट रोराङमा १५/१५ जना, सिद्धलेकमा १० जना, नेत्रावती डबजोङमा ९ जना, गजुरी र गंगाजमुनामा ८÷८ जना, खनियाबासमा ४ जना,रुविभ्यालीमा २ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ८ गरी ३ सय ४६ जना रहेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।

जम्मा संक्रमित मध्ये २ सय ४३ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी १ सय ३ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । यसैगरीे संक्रमितमध्ये शनिबार थप ७ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या २ सय ३७ पुगेको छ । त्यस्तै धादिङका ७२ जनाको रिपोट आउन बाँकी रहेको छ । हेल्थ असिस्टेन्ट रिजालका अनुसार धादिङमा हाल सक्रिय केशको सङ्ख्या १ सय जना रहेका छन् १० जना क्वारेन्टाईनमा रहेका छन् ।
 

प्रतिकृया लेख्नुहोस्: