चैत्र १५ गते, २०८० - १८ः०४
Follow us:

मृगौला पीडित गणेश बहादुर तामाङलाई आर्थिक सहयोग हस्तान्तरण

धादिङ २६भदौ 
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर २ का मृगौला पीडित गणेश बहादुर तामाङलाई बिहिबार आर्थिक सहयोग हस्तान्तरण गरीएको छ ।भारतीय आर्मिमा कार्यरत नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ का नायव सुविदार हरि बहादुर पाख्रीनले संकलन गरी पठाउनु भएको ६३ हजार ४ सय ४४ सहित काठमाण्डौमा संकलित गरी जम्मा ७० हजार ९० रुपैँया सहयोग गरीएको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिजय पाख्रीनले बताउनुभयो ।

भारतीय आर्मीमा कार्यरत हरि बहादुर पाख्रीनले भारतमै रहेका साथिहरुबाट संकलित रकम बिहिबार मसिनो गुरुङ र बेग बहादुर गुरुङले काठमाण्डौँ स्थित कोठामै गएर हस्तान्तरण गर्नुभएको हो । मृगौला फेल भई हाल उपचार गराईरहेका तामाङको आर्थिक अभावको कारण उपचारमा समस्या परेको परिवाले बताएका छन् ।गणेश तामाङ उपचारकै लागि हाल काठमाण्डौमा बस्नु भएको छ ।आर्थिक अवस्था कमजोर रहेको र उपचारमा समस्या भएको भन्दै परिवारले सहयोग गरिदिनको लागि आग्रह गरेका छन् ।  

प्रतिकृया लेख्नुहोस्: