26°C Kathmandu, Nepal कार्तिक १५ गते, २०७७ - १५ः५२
Follow us:

धादिङमा कोरोना संक्रमितको संख्या २ सय ११ पुग्योे

धादिङ,१ भदौ ।

धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ८ जना र बेनिघाट रोराङ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो। त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १८,१८,२१,३०,३६ वर्षिय पुरुष र २१,२४ वर्षिय महिलामा कोरोना पुष्टि भएको छ ।त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ का २९ वर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिकाका वडा नं ३ का ४५ वर्षिय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या  २ सय ११ पुगेको छ ।

जिल्लाको १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ७५ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४८ जना र ज्वालामुखी गाउँपालिकामा ३३ जना रहेका छन् । यस्तै धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकामा १०/१० जना, नेत्रावती डबजोङ र गल्छीमा ६/६ जना, सिद्धलेक र गजुरीमा ५/५ जना, बेनिघाट रोराङमा ४ जना,खनियाबासमा ३ जना,रुविभ्याली र गंगाजमुना गाउँपालिकामा १/१ जना र धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका ४ गरी २ सय ११ जना रहेको हेल्थ असिस्टेन्ट रिजालले बताउनुभयो ।

जम्मा संक्रमित मध्ये १ सय ५२ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५९ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा कोरोना संक्रमणबाट अहिलेसम्म एक जनाको मृत्यु भएको छ । संक्रमितमध्ये निको हुनेको कुल सङ्ख्या १ सय  ५६ पुगेको छ ।
 

प्रतिकृया लेख्नुहोस्:

Ramesh_Dhamala