माघ ९ गते, २०८१ - १६ः१८
Follow us:

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

१४ भदौ, काठमाडौं । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ ।

नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो । ६ खेलमा ३ खेल जितेको जमैकाले ६ अंक नै जोडेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

जमैकन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रनमै अलआउट भएको थियो । उसका लागि काएरन पावेल र एभिन लेविसले समान २१ रन बनाए ।

सेन्ट किट्सलाई अलआउट गर्न जमैकाका लागि ब्रेथवेइटले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । सन्दीप लामिछाने फिडेल एवारड्स र भिरास्वामी परमुलले २–२ विकेट लिए । ब्रेथवेइटले ३.४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर ३ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । यस्तै परमुलले ४ ओभरमा २० रन खर्चिए ।

त्यसअघि क्वीन्स पार्क ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ओपनर ग्लेन फिलिप्सको अर्धशतक मद्दतमा २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । फिलिप्सले ६१ बल खेल्दै २ चौका र ६ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै जर्मेन ब्ल्याकउडले २७ रन जोडे । सेन्ट किट्सका कप्तान राएद एमरिटले ३ विकेट लिए ।

प्रतिकृया लेख्नुहोस्: